Monday, March 14, 2011

स्टोन प्रोजेक्ट/स्टोन महोत्सव/स्टोन क्रान्ति

देशलाई छिटो भन्दा छिटो विकास गर्दे शान्ति र राष्ट्रिय एकता कायम गर्न विष्णु प्रसाद पौडेलले नयाँ अवधारणा अगाडि सार्नु भएको छ । यो उहाँको १२ वर्ष देखि सामाजिक क्षेत्रमा गर्दै आउनुभएको अनुसन्धानमा आधारित नयाँ अवधारणा हो । स्टोन प्रोजेक्ट उहाँको अवधारणाको नाम हो । यसलाई सरल भाषामा ढुङ्गा दान तथा उपहार कार्यक्रम पनि भनिन्छ । यो कुनै विदेशी संस्था र राज्यले सहयोग गरेर वनाइएको प्रोजेक्ट होइन । यो त विदेशी सहयोग र केन्द्रको मात्र मुख नताकी गर्न सकिने ग्रामिण विकासको सवै भन्दा सरल विधि हो । यो अवधारणाको मूल मन्त्रनै आफ्नो माटो आफैलाई प्यारो हो त्यसैले आफ्नो ठाँउको विकासमा वढि भन्दा वढि जनता सहभागी वनुन भन्ने हो । नेपालको सन्दर्भमा विकासमा उपयोग हुने सवै भन्दा ठूलो प्राकृतिक स्रोत ढुङ्गा नै हो । ढुङ्गा विना कुनै पनि विकास निर्माण सम्भव छैन । हरेक विकासको जगनै ढुङ्गा हो त्यसैले हाम्रो वरपर छरिएर रहेका ठूला प्राकृतिक स्रोतहरु मध्ये सवै भन्दा छिटो प्राप्त गर्न सकिने सवैले ढुङ्गा उपहारदान तथा सहयोग गर्न सक्ने र ढुङ्गाले पनि देशमा हरेक विकासको लहर पैदा गर्न सक्छ भन्ने मान्यता वोकेर यो अवधारणा अघि सारिएको हो । यो अवधारणाका विज्ञ श्री विष्णु प्रसाद पौडेल भन्नुहुन्छ की अव नेपाली जनतालाई यहि स्टोन प्रोजेक्टले राष्ट्रिय एकतामा वाँधी राष्ट्र निमार्णमा अघि वढाउछ । यो अवधारणाको मान्यता यो छ की जनता भनेको नायक विज्ञ श्रृष्टीकर्ताकार्यकारीणी र न्यायधिस हुन् । राष्ट्रको सवै भन्दा ठूलो शक्ति भनेको पनि जनतानै हुन् । समाजमा रहेका हरेक व्यक्तिमा केहि न केहि गर्न सक्ने अथाह ज्ञान सिप क्षमता र अनुभव हुन्छ । मानविय साधनको सकारात्मक वल वुद्धिविवेकजोश जाँगर प्रयोग गर्दै देशमा उपलव्ध स्रोत साधनहरुको अत्यधिक उपयोग गर्न सके नेपालीको शान्ति र समुन्नत नेपालको चाहना टाढा छैन । सम्पन्न समाजदेश भनेकोनै त्यहाँका मानिसहरु र दलका नेताहरुको सकारात्मक सोचको नतिजा हो । नेपाल ८६% प्रतिशत गाउँगाउँले भरिएको देश हो । गाउँको विकास विना देशको विकास सम्भव छैन् । जनताको सहभागिता विना गरिएको कुनै पनि विकासका कार्यक्रमहरुले पूर्ण रुपमा गतिलिन पनि सक्दैन । त्यसैले विकासको अभियान पनि गाँउवाटै शुरु गर्नु पर्दछ । यो प्रोजेक्ट जनताले जनताद्वारा जनताको लागि चेतना जगाउदै विकासमा वढि भन्दा वढि जनसहभागिता जुटाउन ल्याइएको अवधारणा हो । कुनै पनि ठूला-ठूला कार्यक्रमहरुको सुरुवात एकदमै सानोवाट सुरु हुन्छ र यसले जीवनमा र राष्ट्रमा महत्वपूर्ण स्थान प्राप्त गर्दछन् । प्रयास मात्र गरौं सवै प्राप्त हुदै जान्छ । राष्ट्रको नयाँ रुप दिने पनि तपाई हामीले नै हो । केही गरौं र सन्ततीलाई पनि केही छाडेर जाउँ । धैरै नेताहरु तपाई हामी भन्दा पनि धेरै कमजोर नालायक र स्वार्थी छन् । त्यसैले आफू भित्र रहेको आफ्नो प्रतिभा देखाउन पछि नपरौं यति मात्रगर्न शुरु गरौ तवमात्र नयाँ नेपालको जीवनी शुरु हुन्छ । पुराना भ्रष्ट नेताको वानी कहिल्यै सुधि्र्रदैैन र तिनवाट आशा गर्नु बेकार छ । यिनीहरु देश वनाउन भन्दा सरकार भत्काउन÷वनाउन र नयाँ फोहरी खेल गरेर देशलाई पछाडी धकेल्नमा नै माहिर छन् । मिलेर काम गर्न भन्दा पनि फुटेर आफू पनि विग्रन र अरुलाई मात्र विगार्नमा नै दत्तचित्त छन । हामी सबै भित्र ठूलो शक्ति तथा सामथ्र्य छ तर सुतिरहेको छ । अव यसलाई जगाउने प्रयास हामी सवैले गर्नुपर्छ । कुनै कुरा शुरुगर्न महान हुनुपर्दैन महानबन्न शुरु गर्नुपर्दछ त्यसैले आजैदेखि समाजमा यो कार्य शुरु गरौं । हाम्रो समाजको परिवर्तनको साँचो हामीसँगै छ । नेतालाई कुरेर वस्यौं भने हाम्रो गाउँ भोलि अन्धकार पनि हुनसक्छ । राम्रा नेताहरुलाई विदेशी माफियाहरुले घुमाएको घुमाइ गरी कुनै पनि राम्रा काम गर्न पनि दिदैनन त्यसैले नै जनता नै यो देशका सर्वनायक हुन । जनता उठे देश उठछ जनता सुते देश सुत्छ । संविधान पनि वन्दैन देश विकास पनि हुदैन । खाली भष्ट नेता व्यापारी कर्मचारीहरु म्ााेटाउछन जनता र देश सधै जस्ताको त्यस्तै । उहि स्रोह घण्टा लोडसेडिङ्ग झेलेको झेलै । फोहरी नेताहरु आफू पनि गदैनन र उरुलाई पनि गर्न दिदैनन । त्यसैले आफ्नो ठाँउ वनाउन आफै उठौं फोहरी विरोधी र फोहरी नेताहरु आफै पछाडि पर्दछन । यो अवधारणाको आर्थिक पक्ष यस प्रकारको छ । १। कम्तीमा प्रति व्यक्ति प्रतिदिन १ के।जी ढुङ्गाको दरले वर्षको ३६५ केजी ढुङ्गा उपहार दिने अथवा२। कम्तीमा प्रति व्यक्ति प्रतिदिन १ रुपियाँको दरले वर्षको ३६५ रुपियाँ सहयोग गर्न सकिने अथवा ३। प्रति व्यक्ति वर्षको ३ दिन जनश्रमदान सहयोग गर्न सकिने । सो भन्दा पनि वढि सहयोग गर्न चाहने व्यक्तित्वहरुलाई स्वागत गर्ने प्रमाण पत्र प्रदान गर्ने दोशल्ला ओढाएर सम्मान गर्ने शिला लेखमा नामकरण गर्ने प्रमुख अतिथि विशेष अतिथि तथा अतिथिको रुपमा आशन ग्रहण गराउने फुलमाला लगाई अविर जात्रा गराउने । अव सहयोग राशिवाट के के वनाउन सकिन्छ सो अनुसार योजना वनाई विकासमा खर्च गर्न सकिन्छ । थप सहयोग विभिन्न संघ/संस्थावाट पनि जुटाउन सकिन्छ । प्रत्येक वर्ष यस्ता कार्यहरु गर्दै जाने हो भने केहि वर्षमा आफ्नो गाँउको मुहार फेर्न त्यति ग्राहो हुदैन । नेपालको विकास अव टोल टोलमा ढुङ्गा प्राजेक्ट कमिटी निमार्ण गदै ढुङ्गा प्रोजेक्ट संचालन गर्दै ढुङ्गा महोत्सवको विधिद्वारा जनताहरुलाई जनचेतना जगाउदै ढुङ्गा क्रान्ति गरी देशलाई उच्च शिखरमा पुर् याउ । जनताले पहल गरे देश निमार्ण छिटो हुन्छ तर कुनै दल विशेषवाट गरे यो कार्यक्रम असफल हुन्छ । दल दल विचमा झगडा हुन्छ विकासको वजेटमा भागवण्डा हुन्छ । भष्टाचारले सिमा नाग्छ त्यसले गाँउको कुनै सामजसेवीलाई संयोजक वनाई आजैवाट शुरु गरौ र पहिला आफ्नो गाँउलाई उज्यालो वनाउ । सवैले आ-आफ्नो गाँउ उज्यालो वनाए देश आफै उज्यालो हुन्छ । त्यसैले आजै वाट शुरु गरौं । मेघौली -८ पसा्रढापको आँप वगैचामा निमार्ण भएको स्टोन पार्क तपाईको लागि एक उदाहरण वन्न सक्छ । यो यहि साइटमा देखाइएको तस्विरले झल्काउछ । काम गर्दा केही समस्याहरु त देखा पर्छन तर त्यस्ता समस्या र विरोधीहरुसंग भने राम्रो काममा जुध्न भने डराउनु प्रदैन । विरोधीहरु त कहाँ हुदैनन र महात्मा गान्धि अव्राहम िलंकन जस्ता विश्व प्रसिद्ध नेताहरुलाई त हत्या गरे गौतम वुद्धका मूर्तीहरु तोडिये जेसस क्राइस्टलाई किलाले ठोकेर झुन्डाइयो भने समाजमा पनि विभिन्न खालका विरोधीहरु हुन्छन । विरोधीहरुले अन्तिम सम्म दुख दिइरहन्छन । यिनीहरुको समाना गदै जानुपर्छ । आफूले गल्ती गर्नुहुदैन । गल्ती नगरेपछि डर पनि लाग्दैन । नेपालको पहिलो ढुङ्गा महोत्सव वारे रोचक जानकारी ड्डमिती २०६७-६-२८ गते स्टोन प्रोजेक्टको वारेमा मेघौली वडा नं ८ पसा्रढापमा वृहत अन्र्तकि्रया सम्पन्न ड्ड मिती २०६७-७-४ गते मेघौली वडा नं ८ पसा्रढापमा वसेको वृहत वडा भेलाले यही आउदो माघ २१ २२ २३ गते नेपालमै पहिलो पटक ढुङ्गा महोत्सव क्तयलभ ँभकतष्खबि० गर्ने निर्णय गरेको छ । ढुङ्गा महोत्सवलाई भव्य रुपवाट सफल वनाउन उक्त भेलाले विण्णु प्रसाद पौडेलको संयोजकत्व १०१ मूल समारोह समिती १२ सदस्यीय सल्लाहकार समिती २१ सदस्यीय कार्यकारीणी समिती र ८ वटा विभिन्न उपसमिती गठन गरियो । उक्त भेलाले नै लगतै पत्राकार सम्मेलन गरी ढुङ्गा महोत्सवको जानकारी गराउने निर्णय गर् यो ।

  • मिती २०६७-७-५ गते नारायणगढको गंगोत्री होटलमा पत्राकार सम्मेलन सम्पन ।

  • ढुङ्गा महोत्सवलाई वडामा मात्र सिमित नराखी अन्य वडाहरुको पनि सहयोग लिई अगाडि वढने क्रममा धेरै पटक वैठकहरु सम्पन्न तर विना निष्कर्ष वैठक अवरुद्ध ।

  • ग्ााविसवाट सिफारिसमात्र लिन ३ महिना संघर्ष गर्नुपर् यो ।

  • ग्ााविसमा अवस्थित कुनै पनि वडाका वन समितिवाट राप्ती र नारायणीको ढुङ्गा ल्याउन स्वीकृत प्रदान भएन । सवै वडामा ढुङ्गा महोत्सव सहयोग समिती गठन भए तर १ केजी ढुङ्गा पनि कसैले दिएनन । पहल पनि गरेनन । वरु ढुङ्गा महोत्सवको मिति नसकिन्जेल वनको अडिटनै नगरिकन वसिरहे । ढुङ्गा महोत्सव समितीका साथीहरुलाई रिङाएकोघुमाएको घुमाऐ रिङाऐ गरि छाडे । एक किसिमले ढुङ्गा महोत्सवलाई ढुङ्गाको नाकावन्दी नै लगाए ।

  • ढुङ्गा महोत्सव समिति माघ २१२२ र २३ गते ढुङ्गा नपाउने र राष्ट्रिय निकुाजको संरक्षण नितिलाई सम्मान गदैं १ महिना पछि सार्न वाध्य ।

  • ग्ााविसमा सहयोगको लागि पत्राचार तर सहयोग शून्य ।

  • मध्यवर्ति उपभोक्तामा सहयोगको लागि पत्राचार तर सहयोग शून्य ।ड्ड मेघौली पर्यटन विकासमा सहयोगको लागि पत्राचार तर सहयोग शून्य । मेघौली पर्यटन विकास समितिद्वारा महोत्सव नगर्न वारवार दवाव ।

  • नेपाल पर्यटन वोर्डमा पनि नकरात्मक सन्देश प्रवाह गरेको पाइयो । ड्ड जिविसमा सहयोगको लागि पत्राचार तर सहयोग शून्य । कर्मचारीहरुको सहयोगमा सिफारीस प त्र मात्र सहयोग

  • सभासदहरुलाई पत्राचार र वेला वेलामा निरन्तर भेटघाट तर सहयोग शून्य । महोत्सवलाई सहयोग नगर्न जिल्लावाटै सभासदहरुलाई वचन दिने कार्यहरु भए त्यसपछि सभासदले पनि फोन उठाउन छाडे ।

  • चितवनका राष्ट्रिय प्रेश र टिभी मिडियालाई पनि केही तत्वहरुले भडकाई एक शव्द लेख्न पनि कुन्जुस्याई गरे तर स्थानिय एफ।एम। स्थानीय केवुल टिभि र स्थानीय प्रेशको भने सहयोग प्राप्त भयो ।

  • चितवन उद्योग वाणिज्य संघको सकारात्मक दृष्टिकोण हुदाँ हुदै पनि हामीहरुलाई गाँउमै रिगांएको रिगाइ गरेकै कारण सम्पर्क गर्न हामीलाई समयनै भएन ।

  • प्रत्येक वैठकमा किचलो भएको भै । सायद संयोजकलाई वैठकको दिनको रातमा कहिल्यै निद्रा लागेन । पहिला गाविसका विभिन्न दल र संघ/संस्थाका मित्रहरुवाट दवाव आउथ्यो त पछिका दिनमा आफ्नै वडाका साथीहरुवाट । केही साथीहरु महोत्सवको अन्तिम घण्टासम्म पनि दुख दिने नियतमा वसिरहे ।

  • महोत्सव असफल वनाउन २ दिन यातायात वन्द गराइयो ।

  • यी माथिका सम्पूर्ण कुराहरु थ्ााहा पाए पछि साच्चिकै जनतामा आक्रोस उत्पन्न भयो । अव कुनै पनि हालतमा महोत्सव गरेरै छाडने र उद्देश्य सफल पारेरै छाडने प्रतिज्ञा गरे ।

  • सो अनुरुप स्टोन पार्क वनाउन पहल । पहिलो चौतारा संयोजकवाट शुरु त्यसपछि क्रमशै ४० वटा चौतारा जनताकै पहलमा जनताक्रै पैसा र पसिनावाट करिव २ लाखमा निमार्ण स्टोन पार्कको प्रमुख द्वारगेट करिव २ लाखमा चन्द्र कुमारी मल्ल ठकुरीद्वारा निमार्ण हुदै भू।पू सैनिक प्रहरीहरुको संगठनवाट पिकनिक पार्कको निमार्ण कार्य शुरु वहाँहरुवाट चपार्ी तथा प्रतिक्षालयको निमार्ण कार्यको जिम्मा ।

  • म्ााधव प्रसाद लामिछाने र शिव गिरी द्वारा ख्ााने पानि टर् याङ्की सहयोगड्ड नेवा गुठी द्वारा प्रतिक्षालय वनाउने घोषडाड्ड बाहुन समाज द्वारा प्रतिक्षालय वनाउने घोषडाड्ड राधेश्याम द्वारा प्रतिक्षालय वनाउने घोषडाड्ड म्ाालिका वन उपभोक्ता समितिद्वारा स्टेज निमार्ण

  • इमानिसंह गुरुङ्गद्वारा इनार निमार्ण शुरु ।


यसै गरी जनतावाटै सहयोग प्राप्त भइरहेको छ । जस्मिन पेन्टसले रङ्ग प्रायोजन गरी सहयोग प्रदान गर् यो । वेस्टर्न यूनियन मनि ट्रान्सफर तथा सूर्य रेमिट प्रा।लि।ले सहप्रायोजकको रुपमा सहयोग गरे यसै गरी टाइगर टप्स जंगल लज तथा कोकाकोला कम्पनिहरुको सहयोग पनि रहर् यो । समग्रमा यो कार्यक्रम जनताले जनताद्वारा जनताको लागि गर्नुपर्छ भन्ने स्टोन प्रोजेक्टका अवधारणालाई प्रमाणित गरि छाडयो । यति धेरै कार्य हुदा कुनै पनि दलको प्रमुख नेताहरुले सहयोग जुटाउने कार्यमा कुनै सहयोग गरेनन । सर्वदलिय सहयोग जुटदै जुटेन । व्यक्तिगत सहयोग पनि पाइएन । यो कुनै राजनैतिक दलको पहलमा शुरु भएको कार्यक्रम पनि थिएन । नेकपा माओवादीको स्थानीय नेता श्याम अधिकारीवाट मात्र व्यक्तिगत सहयोग रु १५०० प्राप्त वरु महोत्सव